'बजरंगी भाइजान'को सिक्वेल आउने सम्भावना एजेन्सी। सन् २०१५ मा प्रदर्शनमा आएको सलमान खान अभिनीत सिनेमा ‘बजरंगी भाइजान’को सिक्वेल आउने सम्भावना रहेको सिनेमाका लेखक केभी विजयकेन्द्र प्रसादले बताएका छन्। पिंकभिल्ला नामक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले सिक्वेलमा आफूले काम गरिरहेको र सलमान खानसँग पनि यो विषयमा कुरा भएको बताएका छन्। खानले पनि फिल्मको सिक्वेलको विषयमा निकै उत्साहजनक प्रतिक्रिया दिएको उक्त सञ्चारमाध्यमले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्