प्रियंकालाई निकले दिए एक लाखभन्दा बढी पर्ने वाइन उपहार एजेन्सी। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडालाई ३९ औँ जन्मदिनको उपल्क्षयमा उनका श्रीमान् निकले वाईन उपहार दिएका छन्। निकले उनलाई ‘१९८२ चेटेउ मोथन रोथस्चिल्ड’ कम्पनीको वाईन दिएका हुन्। उक्त वाईनको उत्पादन, मर्लोट, क्याबरनेट सौभिंगन र क्याबर्नेट फ्रान्समा उत्पादन गरिन्छ। सो वाइनको तस्बीर इन्स्टाग्राममा शेयर गर्दै उनले सो जानकारी दिएकी हुन्। उक्त वाइनको एउटा बोतल १३१,३७५भारु पर्ने भारतीय सञ्चारमाध्ययमले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्