आयुष्मानको भाइरल ‘डाक्टर जी’ लुक एजेन्सी। बलिउड अभिनेता आयुष्मान खुरानाको डाक्टर लुक हाल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। आफ्नो नयाँ चलचित्र ‘डाक्टर जी’मा आयुष्मान एक डाक्टरको भुमिकामा देखिँदैछन्। तस्बीर चलचित्रकै सेटबाट बाहिरिएको हो। तस्बीरमा आयुष्मान एप्रोनसँगै हातमा किताब र टेथेस्कोप बोकेका र चस्मा लगाएर साधारण रुपमा देखिएका छन्। आयुष्मानको यो लुक उनका समर्थकले निकै रुचाएका छन्। तस्बीरले हाल सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्