बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने ऐजेन्सी। बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ। कबीर खानको निर्देशनमा बनेको सुपरहिट चलचित्र प्रदर्शन भएको आइतबारबाट ६ वर्ष पूरा भएको छ। कबीरले प्रदर्शनको छवर्ष पुरा भएसँगै निर्माण टिमले दोश्रो सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन्। हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ। चलचित्रमा सलमान खान,करीना कपूर,हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्धिकीको मुख्य भूमिका रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्