पिताको नियन्त्रण रहुन्जेलसम्म स्टेज शो नगर्ने ब्रिट्नी स्पेयर्सको घोषणा बीबीसी।अमेरिकी पपगायिका ब्रिट्नी स्पेयर्सले आफूमाथि पिताको नियन्त्रण रहुन्जेलसम्म कुनैपनि स्टेज शो नगर्ने घोषणा गरेकी छन्।बारम्बार अनुरोध गर्दा पनि पिता संरक्षकबाट हट्न नमानेपछि उनले यस्तो घोषणा गरेकी हुन्।सन् २००८ मा ब्रिट्नीमा मानसिक समस्या देखिएपछि अदालतले पितालाई उनको संरक्षक बनाएको थियो।गत वर्षबाट उनले पितालाई संरक्षबाट हटाउने कोशिष गर्दै आएकी छन्।केही दिनअघि मात्र अदालतले पिता नै उनको संरक्षक रहने फैसला सुनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्