चलचित्र ‘आरआरआर’को रिलिज मिति तय एजेन्सी। भारतीय चलचित्र क्षेत्रकै सबैभन्दा ठूलो बजेटको चलचित्र ‘आरआरआर’को रिलिज मिति तय भएको छ। बाहुबली फिल्मका निर्देशक एसएस राजमौलीको निर्देशनमा बनिरहेको चलचित्र १३ अक्टोबरमा रिलिज गर्ने निर्माण टोलीले तय गरेको हो। हाल भारतमा जारी कोरोना महामारीका कारण चलचित्र २०२२ सम्मका लागि सर्ने अनुमान गरिएपनि निर्माण टोलीले १३ अक्टोबरमै चलचित्र रिलिज गर्ने निर्णय लिएको हो। चलचित्र हिन्दी,तेलुगु,तमिल,मलयालम लगायतका भाषामा रिलिज हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्