‘स्क्याम १९९२’का अभिनेता प्रतीक गान्धीले गरे नयाँ फिल्ममा साइन एजेन्सी। चर्चित वेब सिरिज ‘स्क्याम १९९२’ का अभिनेता प्रतीक गान्धीले नयाँ सिनेमा साइन गरेका छन्। हालसम्म नाम सार्वजनिक नगरिए पनि उनले रानी स्क्रुवाला र आदित्य धर निर्माता रहेको सिनेमामा अभिनय गर्ने भएका हुन्। उक्त सिनेमामा आदित्यसँगै प्रतीक मुख्य भूमिकामा रहनेछन्। सिनेमामा यामि गौतमको पनि अभिनय प्रमुख भूमिकामा रहनेछ। प्रेम कहानीमा आधारित सिनेमाको छायाङ्कन यसै वर्षको अन्त्यबाट हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्