पहिलो पटक सँगै काम गर्दै रणवीर र श्रद्धा एजेन्सी। भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुरले पहिलो पटक चलचित्रमा सँगै काम गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार चलचित्र निर्माता लव रञ्जनको नयाँ चलचित्रमा उनीहरूले सँगै काम गर्ने भएका हुन्। लकडाउन भन्दा पहिला छायाङ्कन सुरु गरिएको चलचित्र कोरोनाको कारण छायाङ्कन रोकिएको थियो। लकडाउन खुलेसँगै चलचित्रको छायाङ्कन सुरु हुने बताइएको छ। चलचित्रको नाम भने अहिलेसम्म तय गरिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्