रश्मी देशाईं वेब शोमार्फत डिजीटल प्लेटफर्म डेब्यु गर्दै एजेन्सी। भारतीय टेलिचलचित्र अभिनेत्री रश्मी देशाईंले एक वेब शोबाट डिजीटल प्लेटफर्म डेब्यु गर्न लागेकी छन्। देशाईंले वेब शो ‘तन्दुर’बाट ओटीटी प्लेटफर्ममा डेब्यु गर्ने भएकी हुन्। यस शोमा रश्मी तनुज विरवानीसँगै देखिनेछिन्। रश्मीले ‘क्राइम ड्रामा’मा आफ्नो भूमिका निकै साहसीक भएकाले आफू यसमा समावेश भएको बताइन्। उनले इन्स्टाग्रामा आफू ‘पलक’को भूमिका रहने र यो निकै सशक्त, निडर,साहसी र प्रखर हुने बताएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्