२०० मिलियनभन्दा बढीले हेरे ‘केजीएफ च्याप्टर २’को टिजर एजेन्सी। दक्षिण भारतीय अभिनेता यश अभिनित चलचित्र ‘केजीएफ च्याप्टर २’को टिजर युट्युबमा २०० मिलियनभन्दा बढी हेरिएको छ। प्रशान्त निलले निर्देशन गरेको सो चलचित्रको टिजर जनवरी ७ मा ‘होम्बाले फिल्मस’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। चलचित्रको टिजरलाई ६ महिनामा ८.४ मिलियन मानिसले मन पराएका छन्। उक्त चलचित्र जुलाई १६ देखि चलचित्र हलमा प्रदर्शन गर्ने तयारी भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्