कलाकार सुरेखा सिकारीको ह्रदयघातका कारण निधन एजेन्सी। भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेत्री टेलिचलचित्र कलाकार सुरेखा सिकारीको आज निधन भएको छ। ७५ वर्षीय सुरेखाको आज बिहान मुम्बईमा निधन भएको हो। खबरअनुसार २०२० मा उनलाई ‘ब्रेन स्ट्रोक’ पनि भएको थियो। उनले तीन पटक भारतको राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन्। उनी भारतीय टेलिचलचित्र ‘बालिका बधु’को ‘दादी’को भूमिकाबाट चर्चामा आएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्