‘ब्लर’को पहिलो पोष्टर सार्वजनिक एजेन्सी। बलिउड अभिनेत्री तापसी पन्नुले शुक्रबार आफ्नो प्रोडक्शन हाउशको ‘आउटसाइडर्सल फिल्म्स’को पहिलो चलचित्र ‘ब्लर’को पहिलो पोष्टर सार्वजनिक गरेकी छन्। तापसीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा चलचित्रको पहिलो पोष्टर सार्वजनिक गरेकी हुन्। चलचित्रलाई अजय बहलले निर्देशन गर्नेछन् भने चलचित्रको मुख्य भूमिकामा तापसी स्वयं देखिनेछिन्। चलचित्रको कहानी पवन सोनी र अजय बहलले लेखेका हुन् भने निर्माण‘आउटसाइडर्सल फिल्म्स’, जी स्टुडियो र एकेलोन प्रोडक्शनको समन्वयमा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्