'तिम्रो मनमा ए कान्छा' साउन ९ गते आउने काठमाडौं। 'फुल बुट्टे सारी' बोलको गीत निर्माण चर्चा पाएको प्रोडक्सन हाउस केन्द्र मोसन पिक्चर्सको नयाँ प्रस्तुति 'तिम्रो मनमा ए कान्छा' बोलको गीत साउन ९ गते आउने भएको छ। निमा रायले गाएको यो गीतको निकिता थापाले गाएको फिमेल भर्जन सार्वजनिक हुन लागेको हो। गीत केन्द्र मोसन पिक्चर्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ। गीतमा पल शाह र मलिका महतले अभिनय गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्