‘आरआरआर’ को एउटा गीतमा ३ करोड भारु खर्च एजेन्सी। एसएस राजा मौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ को एक गीतको छायाङ्कनमा ३ करोड भारु खर्च हुने भएको छ। यो भारतीय फिल्म क्षेत्रको हालसम्मको सबैभन्दा महँगो गीत हो। एक रिर्पोटका अनुसार यो गीत हैदराबादको निकै ठूलो क्षेत्रफलमा छायाङ्कन गरिनेछ। त्यस्तै, गीतमा अभिनेत्री आलिया भट्टसँगै राम चरण र जुनियर एनटिआर हुनेछन्। सिनेमा आउँदो अक्टोबरमा प्रदर्शन हुने भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्