‘प्रेग्नेन्सी बाइबल’ सार्वजनिक गरेकी अभिनेत्री करिना कपुर विवादमा एजेन्सी। किताब सार्वजनिक गरेको ५ दिनमै बलिउड अभिनेत्री करिना कपुर विवादमा तानिएकी छिन्। भारत महाराष्ट्रको बिड सहरको अल्फा ओमेगा क्रिश्चियनका अध्यक्षले करिनासहित अन्य दुईविरुद्ध धार्मिक भावनामा ठेस पु¥याएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका हुन्। रिर्पोटका अनुसार किताबको शीर्षकमा ‘बाइबल’ शब्दमा असन्तोष रहेको छ। ५ दिनअघि करिनाले आफ्नो गर्भावस्थाको अनुभव र भावनाहरुलाई समेट्दै ‘पे्रग्नेन्सी बाइबल’ सार्वजनिक गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्