‘अलाबैकुन्ठपुरमुलो’को हिन्दी रिमेकको नाम ‘शहजादा’ एजेन्सी। बलिउड अभिनेता कार्तिक आर्यन मुख्य भूमिकामा रहने तेलगु सुपरहिट फिल्म ‘अलाबैकुन्ठपुरमुलो’को हिन्दी रिमेकको नाम ‘शहजादा’ राखिएको छ। यस फिल्ममा कार्तिक आर्यन तेलगुमा अल्लु अर्जुनद्धारा निभाएको भूमिकामा देखिनेछन्। फिल्ममा मनिषा कोइराला र परेश रावलपनी अहम् भूमिकामा देखिनेछन्। फिल्मलाई हिन्दीमा रोहित धवनले निर्देशन गर्नेछन्। एक रिर्पोटअनुुसार फिल्मको हिन्दी रिमेकका लागि निर्माता टोलीले ‘अलाबैकुन्ठपुरमुलो’ निर्मातालाई ९ करोड भारु भुक्तान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्