‘हेलेन’को रिमेकमा जान्हभी कपुर, अगष्टबाट सुटिङ सुरु एजेन्सी। बलिउड नायिका जान्हभी कपुर मलयालम चलचित्र ‘हेलेन’को रिमेकमा देखिने भएकी छन्। हेलेनको रिमेक फिल्मको नाम‘मिली’ राखिएको छ। ‘मिली’को शुटिङ आउँदो अगष्ट महिनाबाट सुरु हुने बताइएको छ। सुरुमा इनडोर शुटिङ सकेर मात्र आउटडोर शुटिङ गरिनेछ। फिल्मको निर्माण जी स्टुडियोले गर्दैछ। फिल्मको निर्देशन मथुकुट्टी जेवियरले गर्नेछन्। मिली एक युवा नर्सको कथा हो, जो क्यानडा जान चाहन्छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्