शाहरुख खान र सञ्जय दत्त अब एउटै फिल्ममा देखापर्ने एजेन्सी। बलिउड सुपरस्टार शाहरुख खान र सञ्जय दत्तलाई अब दर्शकहरुले एउटै चलचित्रमा देख्न पाउने भएका छन्। सम्भवतः चलचित्रको नाम‘राखी’हुनेछ। रियल लाईफमा राम्रो मित्रता भएका शाहरुख र सञ्जयलाई यसअघि एउटै फिल्ममा अभिनय गरेको दर्शकले हेर्न पाएका थिएनन्। शाहरुखको ‘रा.वन’को सुरुवाती दृश्यमा र ‘ओम शान्ति ओम’को एक गीतमा सञ्जय देखिएका थिए। तर चलचित्रको पर्दामा आपसमा संवाद गरेको भने अब दर्शकले देख्न पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्