सुनिल शेट्टी बस्ने भवन १४ दिनका लागि सिल एजेन्सी।बलिउड अभिनेता सुनिल शेट्टी बस्ने भवनका पाँचभन्दा धेरै कोरोना संक्रमित भेटिएपछि सिल गरिएको छ। सुनिलसहित उनको परिवार बस्ने मुम्बईको अल्टमाउन्ट रोडस्थित पृथ्वी अपार्टमेन्टमालाई बृहन्मुम्बई महानगरपालिकाले सिल गरेको हो।सार्वजनिक खबरअनुसार सुनिल शेट्टी र उनको परिवार भने पुर्ण रुपमा सुरक्षित रहेका छन्। उक्त भवन अब १४ दिनसम्म सिल गरिनेछ। अभिनेताले हालै आफ्नो नयाँ पहल ‘दवा भी दुआ भी’ सुरु गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्