‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक एजेन्सी। बलिउड अभिनेता अजय देवगण अभिनित चलचित्र ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर देवगण स्वयंमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। ट्रेलरसँगै देवगणले क्याप्सनमा चलचित्र हालसम्म कसैले नबनाएको कहानीमा बनाइएको जिकिर गरेका छन्। चलचित्र १९७१ मा भएको भारत–पाकिस्तान युद्धमा आधारित रहेको बताइएको छ। चलचित्रमा अजयसँगै संजय दत्त, सोनाक्षी सिन्हा र नोरा फतेही शीर्ष भूमिकामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्