कंगना रनौत अभिनीत ‘धाकड’को पोष्टर सार्वजनिक एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत अभिनीत सिनेमा ‘धाकड’को पोष्टर सार्वजनिक भएको छ। हंगेरीको राजधानी बुडापेस्टमा छायांकन भइरहेको फिल्मको पहिलो लुक कंगना आफैँले सार्वजनिक गरेकी हुन्। सिनेमामा उनी शीर्ष भूमिकामा एजेन्टको रूपमा देखिने छिन्। फिल्म भारतको मध्य प्रदेश र बुडापेस्टमा छायांकन गरिएको छ। सिनेमा यहि वर्ष अक्टोबरमा प्रदर्शन हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्