`टाइगर ३’को शुटिंग फेरि सुरु हुने एजेन्सी। बलिउड अभिनेता सलमान खान, कट्रिना कैफ र इमरान हाशमी अभिनित चलचित्र `टाइगर ३’को शुटिंग फेरि सुरु हुने भएको छ। कोभिड संक्रमणका कारण रद्द गरिएको चलचित्रको सुटिंग जुलाई २३ बाट मुम्बईमा सुरु हुन लागेको हो। सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभिनेता इमरानले चलचित्रको शुटिंगका लागि जिममा तयार हुँदै गरेको फोटो शेयर गरेका थिए। चलचित्रमा इमरान एक खलनायकका रूपमा देखिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्