साउथ सुपरस्टार कमल हसनको ‘विक्रम’को पोष्टर सार्वजनिक एजेन्सी। दक्षिण भारतका सुपरस्टार कमल हसनको आउँदो चलचित्र ‘विक्रम’को पोष्टर सार्वजनिक भएको छ। कमल हसनले आफ्नो ट्वीटर अकाउन्टबाट चलचित्रको पोष्टर सार्वजनिक गरेका हुन्। चलचित्रमा हसनसँगै विजय सेतुपति र फहाद फासिल पनि प्रमुख भूमिकामा छन्। चलचित्रको पोष्टरमा उनीहरू तीनै जनालाई देख्न सकिन्छ। ‘विक्रम’ एक ‘सस्पेन्स थ्रिलर’ चलचित्र हो, जसमा कमल एक पुलिस अधिकारीको भूमिकामा देखिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्