घरमा नयाँ पाहुना आउन लागेको छः अभिनेत्री एवालिन शर्मा एजेन्सी। बलिउड अभिनेत्री एवालिन शर्माले आफ्नो ‘घरमा नयाँ पाहुना आउन लागेको’ भन्दै आफू गर्भवती भएको खुलाएकी छन्। एवालिनले एक निजी च्यानलसँगको कुराकानीमा आफू गर्भवती भएको खुलाएकी हुन्। उनले आफूहरु निकै खुशी रहेको बताउँदै आफ्नो जन्मदिनमा आफूले चाहेकोमध्ये यो सबैभन्दा सुन्दर उपहार भएको बताइन्। मे १५ मा अष्ट्रेलियन सर्जन तुषान भिन्डीसँग विवाह गरेकी एवालिनले बच्चाको जन्म अष्ट्रेलियामै हुने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्