विम्बल्डन फाइनल खेल हेर्न पुगिन अभिनेत्री प्रियंका चोपडा एजेन्सी। बलिउड हुँदै हाल विश्वव्यापी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा आइतबार विम्बल्डनको फाइनल हेर्न पुगेकी छिन्। लन्डनमा भएको फाइनलमा प्रियंका अस्ले बार्टी र क्यारोलिन प्लिस्कोभाबीचको खेल हेर्न पुगेकी हुन्। फाइनल खेलमा प्रियंकासँगै चर्चित व्यवसायी नताशा पुनवाला पनि पुगेकी छिन्। विम्बल्डनको आधिकारिक पेजले उनीहरूको भिडियो ‘स्पेसल गेस्ट’ भन्दै पोस्ट गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्