गायक जावेद अलीले खोले भारतीय गायन रियालिटी शोको पोल एजेन्सी। भारतीय गायक जावेद अलीले भारतीय गायन रियालिटी शोको बारेमा विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले एक अन्तर्वार्तामा भने, ‘म आफैँ निर्णायक रहेको एउटा कार्यक्रममा राम्रोसँग बोल्न जानेकै कारण एक प्रतियोगीले जितेको थियो।’ कसैलाई भोट दिनु व्यक्तिगत कुरा भए पनि राम्रो प्रतियोगीलाई भोट दिनुपर्ने उनले बताए। यसअघि गायक अमित कुमार र सुनिधि चौहानले पनि गायन रियालिटी शोबारे यस्तै बयान दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्