करिनाको पुस्तक 'प्रेग्नेन्सी बाइबल'को अनावरण एजेन्सी। बलिउड अभिनेत्री करिना कपुर खानले आफ्नो पहिलो पुस्तक 'प्रेग्नेन्सी बाइबल'को अनावरण गरेकी छिन्। शुक्रबार आफ्नो इन्स्टाग्राममार्फत उनले किताबको कभर सार्वजनिक गरेकी छिन्। किताबको कभर देखाइएको एक भिडियो सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘मेरो गर्भावस्था र प्रेग्नेन्सी बाइबल लेखन एउटा यात्रा थियो। केही राम्रा, केही नराम्रा दिनहरु थिए। यो किताबले गर्भावस्थाको बेलाका मेरा शारीरिक र भावनात्मक अनुभवहरू बताउँछन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्