ब्रिट्नी स्पेयर्सलाई जबर्जस्ती संरक्षकत्व प्रदान गर्नु ‘मानवअधिकारको हनन्’: म्याडोना एजेन्सी। अमेरिकी गायिका तथा नायिका म्याडोनाले अर्की गायिका ब्रिट्नी स्पेयर्सको पक्षमा मुख खोलेकी छन्। ब्रिट्नीलाई जबर्जस्ती संरक्षकत्व प्रदान गर्नु ‘मानवअधिकारको हनन्’ भएको उनले बताएकी छिन्। ब्रिट्नी १३ वर्षदेखि बाबुको संरक्षकत्वमा रहेकी छन्। संरक्षकत्व हटाउन उनले माग गरे पनि अदालतले केही दिन अघि बाबुलाई संरक्षकत्वबाट हटाउन नमिल्ने फैसला सुनाएको थियो। ब्रिट्नी आफू बाबुबाट पीडित भएको बताउँदै आएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्