सर्लाही।
‘आमा तिम्रो माया कञ्चन पानी जस्तो,
छोराहरू हो... छोरीहरू हो...वीर छोराछोरी हो..’
यस्ता जनप्रिय गीत बज्दा सबैजना निकै भावुक बने। गायक जेबी टुहुरेले सर्लाहीको हरिवनमा आफ्नो प्रस्तुति दिँदा दर्शकहरू एकातिर ध्यानपूर्वक सुनिरहेका थिए भने अर्कोतिर भावुक बनिरहेका थिए।
हरिवन–५ घुर्कैलीस्थित द्वन्द्वपीडित बालगृहमा आयोजित जेबी टुहुरे एकल गायनको चौथो श्रृंखलामा गायक टुहुरेले १४ वटा गाए।
कार्यक्रममा उनले बसाई हिंड्नेको तातीले..., दुःखको बोझ बिसाउन..., पानी चल्दैन रे..., बरु मेरो छाती छेड्ला... लगायतका गीत गाएका थिए। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा टुहुरेलाई अभिनन्दन गरिएको थियो। नेता नेपालले हरिवन नगरपालिकाको तर्फबाट टुहुरेलाई अभिनन्दन गरे।
नेपालले ६ दशक लामो जेवी टुहुरेको प्रगतिवादी साङ्गितिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा समेत गरेका थिए। चेतना सन्देश नेपालको आयोजनामा सम्पन्न एकल गायन साँझमा प्राज्ञ उदय श्रेष्ठ, सँसाद मधु गुरुङ, कलाकार आकाश थापा र गंगा राई लगायतले साथ दिएका थिए।