फेरि टर्‍यो ‘भुल भुलैया २’को शुटिंग एजेन्सी। बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवाणी अभिनित चलचित्र ‘भुल भुलैया २’को शुटिंग फेरि रोकिएको छ। चलचित्रको केही सीनको मात्रै शुटिंग बाँकी रहेकाले जुलाई दोस्रो हप्ताबाट शुटिंग सुरु गर्ने भनिएपनि निर्माता टिमले पुनः रोकेका हुन्। यद्यपी निर्माता टिमले यसको कारण भने खुलाएको छैनन्। अनीश बज्मीको निर्देशनमा बनिरहेको यस चलचित्रको शुटिंग अब जुलाईबाट नभई अगस्टबाट सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्