‘हिट’को हिन्दी रिमेकको लिड रोलमा राजकुमार रावसँगै सान्या मल्होत्रा देखिने एजेन्सी। बलिउड अभिनेता राजकुमार रावको एक चलचित्रमा सान्या मल्होत्रा पनि देखिने भएकी छन्। तेलुगु सुपरहिट चलचित्र ‘हिट’को हिन्दी रिमेकको लिड रोलमा रावसँगै उनी देखिने भएकी हुन्। चलचित्रको निर्मातामा दक्षिण भारतका चर्चित निर्माता दिल राजू रहनेछन्। एक मिडिया रिर्पोटअनुसार रिमेकमा राजकुमार एक पुलिस अफिसरको भूमिकामा देखिनेछन्। चलचित्रलाई ‘हिट’कै निर्देशक डा.शैलेश कोलानूले नै निर्देशन गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्