‘लाल सिंह चड्डा’को सुटिङका लागि नागा चैतन्य लद्दाखमा काठमाडौं। हलिउड सिनेमा ‘फरेस्ट गम्प’ को भारतीय रिमेक आमिर खानको बहुप्रतिक्षित सिनेमा ‘लाल सिंह चड्डा’ को छायांकनमा दक्षिण भारतका चर्चित अभिनेता नागा चैतन्य समेत सामेल भएका छन्। भारतको लद्दाखमा छायांकन भइरहेको सिनेमामा चैतन्यले एक आर्मी अफिसरको भूमिका निभाएका छन्। आगामी २० दिनसम्म उनी आमिरसँगै छायांकनमा व्यस्त रहने छन्। सिनेमामा खान र चैतन्यसँगै करिना कपुर, मोना सिंह लगायतको पनि अभिनय छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्