बलिउड अभिनेत्री सम्भावनाले मागिन् माफी एजेन्सी। बलिउड अभिनेत्री सम्भावना सेठले माफी मागेकी छन्। केही दिनअघि मात्र उनी र उनका पति अविनाश द्धिवेदीले आफ्नो घरमा काम गर्ने महिला र उनको भाषाको मजाक उडाएको भिडियो युट्युबमा सार्वजनिक गरेका थिए। भिडियो सार्वजनिक भएदेखि विवादमा तानिएको यो जोडीले हाल त्यसलाई डिलीट गर्दै यसबारे माफीनामा जारी गरेका हुन्। माफीनामामा आफूहरुले आदिवासी समुदायका मानिसहरुको भावनामा ठेस पुर्‍याएको स्वीकार गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्