‘एक भिलेन रिटर्न्स’को छायांकन सुरु एजेन्सी। चलिचत्र एक भिलेनको सिक्वेल ‘एक भिलेन रिटन्र्स’को छायांकन बुधबारदेखि सुरु भएको छ। बलिउड अभिनेत्री तारा सुतारीया र अभिनेता अर्जुन कपुरले मुम्बईमा चलचित्रको छायांकन सुरु गरेका छन्। भारतीय मिडियाका अनुसार भुषण कुमारको टी–सिरीज र एकता कपुरको बालाजी टेलिभिल्मको संयुक्त लगानीमा बन्ने उक्त चलचित्र मोहित सुुरीले निर्देशन गर्ने भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्