फाइभजीविरुद्ध मुद्धा हालेकी अभिनेत्री जुहीलाई जरिवाना तिर्न एक हप्ताको समय एजेन्सी। फाइभजीविरुद्ध मुद्धा हालेका कारण अदालतले जरिवाना तोकेको बलिउड अभिनेत्री जुही चावलालाई जरिवाना तिर्न एक हप्ताको समय दिएको छ। अदालतले जुन ४ मा फाइभजी नेटवर्क प्रविधिलाई चुनौती दिँदै जुहीले हालेको मुद्धा खारेज गर्दै अभिनेत्रीलाई २० लाख भारु जरिवाना तोकेको थियो। दिल्ली उच्च अदालतले बुधबार अभिनेत्री चावलासँगै अन्य दुईलाई जरिवाना तिर्न एक हप्ताको समय दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्