अस्पतालबाट डिस्चार्ज भए नसिरुद्दीन शाह एजेन्सी। बलिउड अभिनेता नसिरुद्दीन शाह बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्। नसिरुद्दीनका छोरा विवानले इन्स्टाग्राममा एक पोस्ट गर्दै बुवा अस्पतालबाट डिस्चार्ज भएको बताएका हुन्। नसिरुद्दीनलाई अघिल्लो हप्ता मंगलबार निमोनिया भएका कारण मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएकोे थियो। ७० वर्षीय नसिरुद्दीनले बलिउडमा ‘मोहरा’ ‘सरफरोश’ ‘द डर्टी पिक्चर’ तथा ‘जिन्दगी ना मिलेगा दोबारा’जस्ता सुपरहिट फिल्म दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्