अजय देवगनको वेब सिरिज ‘रुद्र’मा जोडिइन् अभिनेत्री इशा देवल एजेन्सी। बलिउड अभिनेता अजय देवगनको आउदो वेब सिरिज ‘रुद्र’मा बलिउडबाट लगभग हराइसकेकी अभिनेत्री ईशा देवल जोडिएकी छन्। यस सिरिजमा ईशा अजयको प्रेमिका वा पत्नीका रुपमा देखिने छन्। ‘रुद्र’ अजय देवगन तथा ईशा दुबैको डेब्यु वेब सिरिज हो। ‘रुद्र’सँग जोडिएको जानकारी ईशाले एक ट्विटमार्फत सार्वजनिक गराएकी छन्। यी दुई बाहेक सिरिजमा राशी खन्ना र हेमन्त खेर पनि देखिने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्