बलिउड अभिनेता दिलीप कुमारको निधन इजेन्सी।बलिउडका चर्चित अभिनेता दिलीप कुमारको हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।स्वास्थ्य अवस्था बिग्रिएपछि उनी यसै महिनामा पटक पटक अस्पताल भर्ना भएका थिए।उनको आज बिहान साढे ७ बजे निधन भएको डा.जजील पालकरले जानकारी दिए। दिलीप कुमारको ट्विटर ह्यान्डलबाट उनका पारिवारिक मित्र फैसल फारुकीले बिहान ८ बजे निधनको जानकारी दिएका छन्।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ६ जुनमा अस्पताल भर्ना गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्