सोनु सुदले देशभर अक्सिजन प्लान्ट लगाउँदै एजेन्सी। भारतीय अभिनेता सोनु सुदले आज एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापन गरेका छन्। उनले केही हप्ताअघि देशका विभिन्न ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्ने बाचा गरेका थिए। त्यसैअनुरुप उनले आज नेल्लोर सरकारी अस्पतालमा पहिलो अक्सिजन प्लान्ट स्थापना गरेका छन्। यसैगरी उनले थप १६ वटा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको भारतीय मिडियाले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्