पती राज कौशलको निधनपछि मन्दिराको पहिलो ट्वीट एजेन्सी। जुन ३० मा निधन भएका बलिउड निर्माता तथा निर्देशक राज कौशलकी पत्नी मन्दिरा बेदीले पतीको निधनपछि पहिलो ट्वीट गरेकी छन्। ट्वीटरमा पतीसँगको एक फोटो शेयर गर्दै मन्दिराले क्याप्सनमा ‘रिप माई राज’ लेखेकी छन्। राज र मन्दिरको यो फोटो हाल सामाजिक सञ्जालमा भाईरल बनेको छ। यसअघि मन्दिराले आफ्नो इन्टाग्राम प्रोफाइल पिक्चर डिलीट गर्दै त्यसलाई ‘ब्ल्याक आउट’ गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्