निर्देशक तथा कलाकार शिशिर राणा पक्राउ काठमाडौं।चलचित्र निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको छ। ४५ लाख रुपैयाँ ऋण लिएर भुक्तानी गर्ने बेलामा पर्याप्त रकम नभएको नविल बैकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो।सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ,२०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो।प्रहरीले राणालाई फैसला कार्यन्वयनका लागि पेस गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्