करणको धर्मा प्रोडक्शनको फिल्ममा जोडिए सिद्धार्थ मल्होत्रा एजेन्सी।हाल आफ्नो आउदो फिल्म ‘शेरशाह’को छायांकनमा व्यस्त रहेका बलिउड अभिनेता सिद्धार्थ मल्होत्राले यस फिल्मपछि फिल्म निर्माता करण जोहरको धर्मा प्रोडक्शनको एक नयाँ फिल्ममा साइन गरेका छन्।एक रिर्पोटअनुसार करणको उक्त फिल्ममा सिद्धार्थ एक्शन स्टारको रुपमा देख्न सकिने छ।रिर्पोटमा फिल्मको निर्देशन नयाँ निर्देशकलाई सुम्पिने उल्लेख छ।सिद्धार्थले आफ्नो आउदो फिल्म ‘मिशन मजनु’ र ‘थ्याकं गड’ को छायांकनपछि करणको फिल्ममा काम सुरु गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्