निर्देशक प्रियदर्शनको कमेडी फिल्ममा अक्षय कुमार देखिने एजेन्सी। बलिउडका चर्चित कमेडी फिल्म हेराफेरी, गरम मसाला, खट्टा मिठा, दे दनादन, भुलभुलैया र भागमभाग जस्ता फिल्महरुमा एकसाथ काम गरेका अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शनले फेरि अर्को प्रोजेक्टका लागि हात मिलाएका छन्। निर्देशक प्रियदर्शले एक कुराकानीका क्रममा अक्षय कुमारसँग एकसाथ काम गर्न लागेको बताएका हुन्। फिल्मको नाम तय नभएपनि उनले फिल्म ७०प्रतिशत कमेडी र क्लाइमेक्समा ३०प्रतिशत इमोशन्स हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्