अभिनेता विक्की कौशलले किने २ करोडभन्दा माथिको ल्यान्ड रोवर एजेन्सी। बलिउड अभिनेत्री कट्रीना कैफसँगको सम्बन्धका कारण चर्चामा रहेका अभिनेता विक्की कौशलले आइतबार सामाजिक सञ्जालमा आफ्नो नयाँ गाडीसँगको फोटो शेयर गरेका छन्। उक्त लक्जरी गाडीको मूल्य २ करोड भारुभन्दा धेरै रहेको छ। विक्कीले इन्स्टाग्राम ह्यान्डलमा गाढा निलो रेन्ज रोवरको अगाडी स्टाइल पोजको फोटो शेयर गरेका छन्। भारतमा यस गाडीको मूल्य २.१० करोड देखि ४.३८ करोड भारुसम्म पर्ने गर्दछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्