सैफ अलि खान स्टारर ‘भूत पुलिस’ को फर्स्टलुक सार्वजनिक
एजेन्सी। ओटीटी प्लेटफर्ममा रिलिज हुने बलिउड अभिनेता सैफ अलि खान स्टारर ‘भूत पुलिस’को फर्स्ट लुक सार्वजनिक भएको छ। सोमबार अभिनेत्री करीना कपूर खानले फिल्मको फस्र्ट लुक आफ्नो इन्स्टाग्राम ह्यान्डलमा शेयर गरेकी हुन्। फिल्म डिज्नी प्लस हट स्टारमा रिलिज हुनेछ। चलचित्रको रिलिज मिति भने पक्का तय भएको छैन। पवन कुपलानीद्धारा निर्देशित चलचत्रमा ज्याकलिन फर्नाडीज,यामी गौतम र अर्जुन कपुर पनि छन्।
प्रतिक्रिया दिनुहोस्
