‘धाकड’को शुटिङका लागि बुडापेस्ट पुगिन् कंगना
एजेन्सी। अक्सर सामाजिक सञ्जालमा चर्चामा रहने बलिउड अभिनेत्री कंगना रनौत आफ्नो आगामी फिल्म ‘धाकड’को शुटिङका लागि हंगरीको राजधानी बुडापेस्ट पुगेकी छन्। कंगनाले त्यहाँका केही फोटोहरु इन्स्टाग्राम ह्यान्डलमा शेयर गरेकी छन्। फोटोहरुमा कंगना बुडापेस्टको सडकमा घुम्दै गरेको देखिन्छ। उनीसँगै अभिनेता अर्जुन रामपाल पनि छन्। फोटोसँगै क्याप्सनमा अर्जुनलाई ट्याग गर्दै कंगनाले बुडापेस्ट एक्शन स्टेशन भएको लेखेकी छन्।
प्रतिक्रिया दिनुहोस्
