सम्बन्धबिच्छेदको भोलिपल्टै आमिर खान र किरण सँगसँगै देखिए एजेन्सी।अभिनेता आमिर खान र किरण राव सम्बन्ध बिच्छेदको घोषणा गरेको भोलिपल्टै एक कार्यक्रममा सँगै देखिएका छन्।उनीहरु दुवै जनाले आफूहरु खुसी रहेको प्रतिक्रिया दिएका छन्।पानी फाउन्डेसनको साप्ताहिक कार्यक्रममा सँगै देखिएका हुन्। पानी फाउन्डेसनले कोरोना लकडाउनको समयदेखि यस्तो साप्ताहिक छलफल कार्यक्रम गर्दै आएको छ।जसमा आमिर खान र किरण राव सहभागी हुँदै आएका छन्। उनीहरुले शनिबारमात्रै आफूहरुले सम्बन्धबिच्छेदको निर्णय लिएको जानकारी गराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्