कोरियोग्राफर सरोज खानको बायोपिक बनाउने घोषणा
एजेन्सी। हृदयघातका कारण गतवर्ष ३ जुलाईमा मृत्यु भएकी बलिउड कोरियोग्राफर सरोज खानको पुण्यतिथिमा टी–सिरिजका प्रमुख भुषण कुमारले बायोपिक बनाउने घोषणा गरेका छन्। हाल सरोज खानको बायोपिक फिल्मको घोषणा मात्रै गरेका भुषणले फिल्मको बाँकी कुराहरु चाडै घोषणा गर्ने बताएका छन्। सरोजले हिन्दी सिनेमामा कैयौं लोकप्रिय गीतहरुको कोरियोग्राफ गरेकी छन्। उनले उत्कृष्ट कोरियोग्राफीका कारण तीनपटक भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि जितेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
