शाहरुख खानले आलिया भट्टलाई आफूसँग काम गर्न आग्रह गरेपछि....... एजेन्सी। बलिउड अभिनेता शाहरुख खानले अभिनेत्री आलिया भट्टलाई आफूसँग काम गर्न आग्रह गरेका छन्। आलियाले हालै आफ्नो नयाँ फिल्म‘डार्लिंग’को शुटिंगको पहिलो दिन आलियाले आफू नर्भस रहेको भन्दै एक ट्वीट गरेकी थिइन्। आलियाको उक्त ट्वीटलाई शेयर गर्दै शाहरुखले आलियालाई‘डार्लिंग’पछिको फिल्ममा आफूलाई साइन गर्न भनेका हुन्। शाहरुखले ट्वीटरमा अर्को होम प्रोडक्शनमा आफूलाई साइन गर्न भन्दै आफू शुटिंगमा समयमा आउने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्