प्रियंका चोपडामाथि कंगनाको तीखो बयान
एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत एकपटक फेरि अभिनेत्री प्रियंका चोपडामाथि गरेको तीखो बयानका कारण चर्चामा आएकी छन्। उनले इन्स्टाग्राममा राजनितीलाई लिएर प्रियंकाको बयानमा आएको परिवर्तनको बारेमासमेत बताएकी हुन्। कंगनाले इन्स्टाग्राम स्टोरीमा एक युजरको ट्वीट शेयर गरेकी छन्। कंगनाले प्रियंकालाई एक राष्ट्रवादीबाट धर्म निरपेक्ष कुकुरमा बदलिएको बताएकी छन्। उनले प्रियंकालाई नरेन्द्र मोदीको सबैभन्दा ठूलो भक्तबाट सबैभन्दा ठूलो आलोचक बनेको बताएकी छन्।
प्रतिक्रिया दिनुहोस्
